कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष नियुक्त
- मंसिर १५, २०७७
- 0
कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ ।
बैंकले रू १ हजार अंकित दरका १० लाख कित्ताको ऋणपत्र जारी गर्न लागेको छ । सोही ऋणपत्रको प्रत्याभुतीकर्तामा बैंकले नागरिक लगानी कोषलाई नियुक्त गरेको हो ।
डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौतापत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।
‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंकहरुमध्ये कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको पनि बैंकले जानकारी दिएको छ । ‘९५ केएसबीबीएल डिवेञ्चर २०८७’ ऋणपत्रको अवधि १० वर्षको छ ।
यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राज्यका गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति […]
नेपाल फेस्टिभल पर्थको अन्तिम तयारी पूरा, शनिबार भव्य आयोजना हुँदै

पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना हुने ‘नेपाल फेस्टिभल पर्थ २०२६’ को अन्तिम तयारी पूरा भएको छ। नेपाली कला, संस्कृति, संगीत, मौलिक […]
कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवसँगै अघि बढाउनुपर्छ : गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार गणेश लामाले पार्टीलाई नयाँ पुस्ताको ऊर्जा र अग्रज नेताहरूको अनुभवलाई समेटेर अघि बढाउनुपर्ने […]
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको […]
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि जारी रहेको छ । आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि […]










