कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष नियुक्त

news-details

कामना सेवा विकास बैंकको डिवेञ्चर प्रत्याभूतीकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ ।

बैंकले रू १ हजार अंकित दरका १० लाख कित्ताको ऋणपत्र जारी गर्न लागेको छ । सोही ऋणपत्रको प्रत्याभुतीकर्तामा बैंकले नागरिक लगानी कोषलाई नियुक्त गरेको हो ।

डिवेञ्चर प्रत्याभूतीकर्ता सम्झौतापत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।

‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंकहरुमध्ये कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको पनि बैंकले जानकारी दिएको छ । ‘९५ केएसबीबीएल डिवेञ्चर २०८७’ ऋणपत्रको अवधि १० वर्षको छ ।

यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *