डिशहोमको ‘द स्ट्रीङस् शो’ को फाइनल प्रतियोगिता हुँदै

news-details

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङलिस (Retro English) सांगीतिक प्रतियोगिता द स्ट्रीङस् (The Strings) को फाईनल प्रतियोगिता हुन लागिरहेको छ ।

दुई भागमा यस शो को प्रशारण रियालिटि टिभी मा १३ र १७ गते प्रशारण हुँदैछ । १३ गते शनिवार प्रतियोगिताको प्रशारण राति ८ः३० वजे र फाईनल प्रतियोगिता १७ गते बुधवार राति ८ः३० बजे प्रशारण हुनेछ ।

प्रतिस्पर्धीहरु क्रमस शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राई विचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुन लागिरहेको हो । फाईनल प्रतियोगिता पुगेका प्रतिस्पर्धीबीचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ ।

प्रतियोगिहरु मध्येबाट विजेताको छनौट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको भोटिङको आधारमा गरिनेछ । निर्णायकहरुमा युलिया कोईराला, पेम्बा लोप्चा र निर्भाणा चौधरी रहनुहुनेछ । प्रतियोगिलाई भोट गर्ने तरिकाको बारेमा थप जानकारीका लागि डिसहोमको आधिकारीक फेसबुक पेजमा गएर हेर्न सकिन्छ ।

डिशहोमले सुरु गरेको डिजिटल रेट्रो इङलिस सांगीतिक प्रतियोगिता द स्ट्रीङस् मा ७० देखि ९० दशकसम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गर्नु भएको थियो ।

विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *