उद्योग वाणिज्य महासंघको निर्वाचन : ६४ पदमा १२७ जनाको उम्मेदवारी (उम्मेदवारको नामावलीसहित)

news-details

नेपाल उद्योग वाणिज्य महासंघको यही मंशिर ११ देखि १३ सम्म काठमाडौमा हुन गैरहेको ५४औँ साधारणसभामार्फत चयन हुने नयाँ कार्यसमितिका लागि ६४ पदमा १२७ जनाको उम्मेदवारी परेको छ ।

महासंघको निर्वाचन समितिले शुक्रबार विहान सार्वजनिक गरेको अन्तिम नामावली अनुसार बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुसहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ ।

जसमध्ये प्रदेश १ बाट एक मात्र उम्मेदवारी परेका राजेन्द्र राउत र द्विराष्ट्रिय उवासङ्घको तर्फबाट एक मात्र उम्मेदवारी परेका नेपाल–इन्डोनेशिया चेम्बर अफ कमर्स एण्ड ईका प्रतिनिधि संदीप अग्रवाल निर्विरोध भएका छन ।

अन्तिम नामावली अनुसार महासंघको वरिष्ठ उपाध्यमा चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानको उम्मेदवारी परेको छ भने उद्योग वाणिज्य समूहतर्फको उपाध्यमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहतर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ तथा एशोसिएट समूहतर्फको उपाध्यक्षमा रामचन्द्र सङ्घाई र सौरभ ज्योतिको उम्मेदवारी परेको छ ।

हेर्नुहोस उम्मेदवारहरुको पूर्ण नामावली

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *