सेलिब्रेटीमार्फत व्यवसाय प्रवद्र्धन गर्न आयो ‘सेलेबसाथी’

news-details

कोरोना महामारीका कारण व्यक्ति, समाज, व्यवसाय तथा अर्थतन्त्रमा परेको असरलाई न्यूनीकरण गर्ने सोचका साथ नेप्सिया प्रालिले व्यवसाय प्रवद्र्धनको नयाँ अवधारणासहित सेलेवसाथी अघि सारेको छ ।

कम्पनीले सेलिब्रेटीमार्फत व्यवसाय प्रवद्र्धनको अवधारणा ल्याएको हो । यसबाट सेलीबे्रटी तथा व्यवसायी दुबै लाभान्वित हुनसक्ने कम्पनीका अध्यक्ष राजेश श्रेष्ठले बताउनुभएको छ ।

कारोनाका कारण हाल नेपाली अर्थतन्त्र, कला संस्कृति, जनजीवन प्राय ठप्प हरेको छ । यस्तो अवस्थामा हरेक क्षेत्रमा लाग्ने सेलिब्रेटी पनि कामविहीन भएर वस्न बाध्य भएका छन् । कम्पनीले कलाकारमात्र नभइ हरेक क्षेत्रका सेलिब्रेटीलाई कामबिहीनको अवस्थाबाट जोगाउँदै आर्थिक उर्पाजनमा सहयोग पुरयाउन बेटा भर्सनमार्फत यसको सुरुवात गरेको हो । यसबाट सेलिब्रेटीहरुले आफ्नो कला प्रस्तुत गरेर आर्थिक लाभ लिन सक्नेछन् भने अर्कोतर्फ सेलिबे्रटीसँग नजिक भई आफ्नो ब्यापार व्यवसाय बढाउन सकिनेछ ।

कुनै कम्पनी तथा व्यक्तिले सेलिब्रेटीमार्फत प्रचार प्रसार गर्नुपरेमा कम्पनीले सहजीकरण गर्नेछ । सेलिब्रटीसँग नजिक हुने चहाना हुँदा हुँदै सबैको पहुँच नपुग्ने अवस्थालाई मध्यनजर गदैै कम्पनीले यसको सुरुवात गरेको श्रेष्ठले जानकारी दिनुभयो । कम्पनीले डिजिटल प्रविधिमार्फत स्वदेश तथा विदेशमा पनि यस्तो सुविधा प्रदान गरिने जनाएको छ ।
व्यवसाय प्रवद्र्धनमा मात्र नभइ सभा सम्मेलन, वार्षिकोत्सव तथा कार्यक्रमहरुमा प्रस्तुति, उद्घाटन, जन्मोत्सवको शुभकामनालगायतमा पनि सेलीब्रेटीहरुको साथ र सहयोग पाउन सकिनेछ । यसका लागि सेलीब्रेटी शुल्क भने लाग्नेछ । कम्पनीले आगामी तीन महिनाभित्रमा मोवाइल एपसमेत ल्याउने जनाएको छ ।,

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *