राष्ट्रिय वाणिज्य बैंकले सुरु गर्यो ‘पीओएस’ सेवा, कार्डबाट भुक्तानी गरे १५ प्रतिशत छुट
- अशोज ३०, २०७७
- 0
राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गर्ने भएको छ । बैंकले दसैं एवं तिहार लगायतका पर्वलाई लक्षित गर्दै शनिबारबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि पीओएस माध्यमबाट भुक्तानी सेवा शुरु गर्न थालेको विज्ञप्तिमा बताएको छ ।
अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म क्यासब्याक उपलब्ध हुनेछ।
महामारीबाट जोगिन विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।
बैंकको ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ इकाइ छ।
0 प्रतिक्रिया
गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राज्यका गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति […]
नेपाल फेस्टिभल पर्थको अन्तिम तयारी पूरा, शनिबार भव्य आयोजना हुँदै

पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना हुने ‘नेपाल फेस्टिभल पर्थ २०२६’ को अन्तिम तयारी पूरा भएको छ। नेपाली कला, संस्कृति, संगीत, मौलिक […]
कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवसँगै अघि बढाउनुपर्छ : गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार गणेश लामाले पार्टीलाई नयाँ पुस्ताको ऊर्जा र अग्रज नेताहरूको अनुभवलाई समेटेर अघि बढाउनुपर्ने […]
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको […]
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि जारी रहेको छ । आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि […]










