नेपाल उद्योग बाणिज्य महासंघको अधिवेशन मंसिर ११ देखि सुरु हुने

उद्घाटन भर्चुअल माध्यमबाट हुने, मतदानस्थल तीन ठाउँमा तोकियो
news-details

नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुने र उद्घाटन समारोह भर्चुअल माध्यमबाट हुने महासंघले जनाएको छ ।

यस्तै १२ गते बन्द सत्र हुने छ भने १३ गते तोकिएको निर्वाचनमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघको कार्यालय टेकु गरी तिन ठाउमा मतदानस्थल तोकिएको महासंघले जानकारी दिएको छ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान रहेकाले अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अधिवेशनसँगै अध्यक्ष बन्नेछन भने वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू र कार्यकारिणी समिति सदस्यहरूको निर्वाचन हुनेछ ।

कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ ।

महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधान गरी दुई समूह चुनावी मैदानमा उत्रिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *