कोरियाको आसियाना एयरलाइन्सको नेपाल उडान अनुमति खारेज

news-details

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले कोरियाको आसियाना एयरलाइन्सको उडान अनुमति खारेज गरिदिएको छ । मापदण्ड विपरीत उडान गरेकोले कारवाही स्वरुप क्यानले उडान अनुमति खारेज गरिदिएको हो ।

पीसीआर परीक्षण नगरिएका यात्रु गत शनिवार नेपाल लिएर आएपछि आसियाना कारवाहीमा परेको हो । एयरलाइन्सले शनिवार १ सय ५५ नेपाली ल्याएकोमा १२ जनाको रिपोट स्पष्ट नभएपछि क्यानले कारवाही गरेको हो । नेपाल सरकारले सार्वजनिक गरेको स्वास्थ्य निर्देशिका विपरित एयरलाइन्सले यात्रु ल्याएपछि विमानस्थलमा विवाद समेत भएको थियो ।

क्यानका महानिर्देशक राजन पोखरेलले आसियानालाई कारवाही स्वरुप उडान अनुमति खारेज गरिएको बताएका छन् । उनका अनुसार चार्टर्ड उडानको अनुमति दिईएको उक्त एयरलाइन्सको २ उडान बाँकी रहेको छ । उनले भने–‘एसियाना एयरले पत्र पठाएको छ, तत्काललाई चित्त बुझ्दो जवाफ नआएकाले खारेज गरेका हौ ।’

ओसियाना एयरलाइन्स तथा सम्बन्धित ट्राभल संचालकले सिसिएमसी, राजनीतिक दलका नेता तथा मन्त्रीहरुलाई दबाब दिएर झण्डै ५ घण्टा विवाद भएपछि सबै यात्रुलाई घर पठाइएको थियो ।

यसअघि नेपाल एयरलाइन्सले पीसीआर रिपोट स्पष्ट नभएको नेपाली ल्याउदा सबै यात्रुलाई एक साता होटलमा राखेर सबै खर्च व्यहोर्न लगाईएको थियो । विदेशीलाई छुट दिइदा सरकारी स्वामित्वमा सञ्चालिन निगमले भने १ साताको खर्च व्यहोर्नुपरेको भन्दै विरोध समेत भएको थियो ।

नेपाल एयरलायन्सले पनि यस्तै प्रकृतिको घटनामा कारवाही भोगिसकेको छ । असोज १६ गते नेपाल एयरलाइन्सको नियमित उडान मार्फत हङकङ गएका ५ नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसगैँ निगमको उडान रद्द गरीएको थियो । निगमको न्यारोबडी मार्फत हङकङ गएका १२० जनामध्येमा ५ जनामा पोजेटिभ देखिएपछि हङकङ सरकारले निगमलाई कारवाही गर्दै १४ दिन उडान बन्द गरेको थियो ।

एसियाना एयरलाइन्सको लापरवाहीका कारण उसले कारवाही भोग्दा कोरियामा रहेका नेपालीले अव दुःख पाउने छैनन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *