हवाई प्रतिबन्ध हटाउन इयुलाई गृहमन्त्रीको आग्रह
- अशोज २८, २०७७
- 0
गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि युरोपेली संघ (इयु)का राजदूत नोना देप्रेजसँग पछिल्लो समय नेपालले हवाई सेवामा पर्याप्त सुरक्षा बढाएकाले यस क्षेत्रमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा मन्त्री थापाले नेपालको विकास, लोकतन्त्र, मानवाधिकार, विपद् व्यवस्थापनलगायत क्षेत्रमा इयुले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
सो अवसरमा राजदूत देप्रेजले नेपालको हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध प्राविधिक विषय भएको बताउँदै सो सम्बन्धमा इयुको प्राविधिक समितिले अध्ययन गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने आश्वासन दिए ।
उहाँले नेपालको सङ्घीयताको अभ्यास, विपद् व्यवस्थापन र कोरोना नियन्त्रणमा चालिएका कदमका सम्बन्धमा गृहमन्त्रीसँग जिज्ञासा राख्दै नेपाललाई इयुले दिँदै आएको सहयोगले निरन्तरता पाउने तथा आगामी दिनमा थप सहयोग विस्तार गरिने प्रतिबद्धता जनाए ।
-रासस
0 प्रतिक्रिया
नेपाल फेस्टिभल पर्थको अन्तिम तयारी पूरा, शनिबार भव्य आयोजना हुँदै

पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना हुने ‘नेपाल फेस्टिभल पर्थ २०२६’ को अन्तिम तयारी पूरा भएको छ। नेपाली कला, संस्कृति, संगीत, मौलिक […]
कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवसँगै अघि बढाउनुपर्छ : गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार गणेश लामाले पार्टीलाई नयाँ पुस्ताको ऊर्जा र अग्रज नेताहरूको अनुभवलाई समेटेर अघि बढाउनुपर्ने […]
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको […]
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि जारी रहेको छ । आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि […]
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व […]










