महामारीमा आइएमईको कल्याणकारी कदम, स्थापना गर्‍यो ‘भरोसा कोष’

कोभिडका कारण विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गर्ने
news-details

सधै चाडपर्वमा आफ्ना सेवाग्राहीहरुका लागि विभिन्न स्किम ल्याउने गरेको आइएमई लिमिटेडले यस वर्ष भने कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई सहयोग गर्ने उद्देश्यले ‘भरोसा कोष’को योजना अघि सारेको छ ।

कोषमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरणसहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सक्ने आइएमईले जनाएको छ ।

यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुनेछ आइएमईले जनाएको छ । आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ–साइटहरूमार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो ।

‘नेपालीहरुले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम यसवर्ष हामीलाई पनि फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ । तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ’ आइएमईद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

यस वर्ष पर्व लक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेको बताउदै आइएमईले आफुहरुको यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा विश्वस्त रहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *