सिटी एक्सप्रेस र अल फरदान एक्सचेन्जको ‘दशै तिहार बम्पर धमाका’ 

news-details

सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबईस्थित अल फरदान एक्सचेन्जको संयुक्त सहकार्यमा यसपालीको दशै तिहारलाई लक्षित गर्दै “दशै तिहार बम्पर धमाका” सार्वजनिक गरिएको छ ।

सो योजना अन्तर्गत दुबईको अल फरदान एक्सचेन्जबाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेक हप्ता टि भी, माईक्रोवेभ जस्ता घरेलु उपकरणदेखी ६ लाख नगदसम्मको बम्पर उपहार जित्न सक्नेछन् । सो योजना नोभेम्बर १४ सम्म चल्ने छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *