कुमारी बैंकको निःशुल्क पिसिआर परीक्षण क्याम्प

news-details

कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी निःशुल्क पिसिआर परीक्षण क्याम्प आयोजना गरेको छ ।

उक्त क्याम्प असोज १९ गते काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्युरोड शाखा तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पिसिआर परीक्षण गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराइएको छ । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारी भन्छन्, “आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागी पर्नेछौं ।”

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *