नबिल बैंकको अध्यक्षमा उपेन्‍द्र पौडेल

news-details

वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेल नविल बैंकको अध्यक्ष चुनिएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो ।

पौडेल एमएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भए पछि नविल बैंकको सञ्चालक चुनिएका थिए । बैंकिङ क्षेत्रमा ३ दशक भन्दा लामो समय बैंकरको रुपमा बिताए पौडेल एनएमबि बैंकको संस्थापक सीईओ हुन् ।

नबिलमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल गत आइतबार नै सकिएको थियो । यस अघि बैंकको अध्यक्ष शम्भु प्रसाद पौड्याल थिए । उनको कार्यकाल पछि उपेन्द्र अध्यक्ष चुनिएका हुन् ।

सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका पौड्याल त्यहा १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगे । एनएमबीमा उनले १७ वर्ष काम गरे ।

१४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव लिएका छन् । पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *