सञ्चालनमा आयो तातोपानी नाका, भित्रिए ११ कन्टेनर
- अशोज १८, २०७७
- 0
नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए । आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ ।
कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।
-रासस
0 प्रतिक्रिया
नेपाल फेस्टिभल पर्थको अन्तिम तयारी पूरा, शनिबार भव्य आयोजना हुँदै

पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना हुने ‘नेपाल फेस्टिभल पर्थ २०२६’ को अन्तिम तयारी पूरा भएको छ। नेपाली कला, संस्कृति, संगीत, मौलिक […]
कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवसँगै अघि बढाउनुपर्छ : गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार गणेश लामाले पार्टीलाई नयाँ पुस्ताको ऊर्जा र अग्रज नेताहरूको अनुभवलाई समेटेर अघि बढाउनुपर्ने […]
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको […]
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि जारी रहेको छ । आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि […]
अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ । विश्व […]










