सञ्चालनमा आयो तातोपानी नाका, भित्रिए ११ कन्टेनर
- अशोज १८, २०७७
- 0

नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजदेखि चिनियाँ सामग्री आउन शुरु गरेको छ । आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए । आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ ।
कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।
-रासस
0 प्रतिक्रिया
काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न अदालतको आदेश

अदालतले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालतले पाटनले पाण्डेको […]
दूर्तमार्गको सुरु विन्दु डुुकुछापमा सार्न प्रधानमन्त्रीलाई आयोगको सुुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन […]
विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गरिने, यस्ता छन मन्त्रीपरिषदका निर्णयहरु

काठमाडौं । नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ […]
नेपाली दूतावासद्धारा इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू

इजरायलस्थित नेपाली दूतावासले इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू गरेको छ। दूतावासले नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि गुगल […]
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा […]