बाजेको सेकुवामा ‘कस्मोपोलिटियन सेफ’ कुमार चालिसे आबद्ध

news-details

बाजेको सेकुवामा “प्रथम नेपाली कस्मोपोलिटियन सेफ अवार्ड”बाट सम्मानित कुमार चालिसे आबद्ध भएका छन् ।

२२ बर्ष देखी खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान पु¥याउँदै आएका चालिसे असोज १५ गतेदेखि बाजेको सेकुवामा आवद्ध भएका हुन । बाजेको सेकुवालाई प्रतिनिधित्व गर्दै सन् २०१३ मा मकाउमा आयोजित खाना महोत्सवमा सेफ चालिसे “उत्कृष्ट प्रदर्शन अवार्ड”बाट सम्मानित भएका थिए ।

नेपालमा पनि उनि सन् २०१७ मा “उत्कृष्ट सेफ अवार्ड”बाट पनि सम्मानित भएका हुन । थियो । मौलिक नेपाली खानालाई विश्वमाझ परीचित गराउने लक्ष्य सहित उनले विभिन्न देशहरु जस्तै जापान, मलेसीया, बर्मा, सिंगापुर, हङ्कङ, इरान, पाकिस्तान, दुवइ, कतार, मकाउ, रसीया, बेलायत, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, स्पेन आदिको भ्रमण समेत गरेका छन् । उनले अष्ट्रेलीया तथा स्विजरल्यान्डबाट विभिन्न तालिमहरु पनि लिएका छन् ।

विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भइ झानेको सेकुवा सेट, झोल मम, मटन पक्कु लगायतका खानाको विकासमा मद्धत गरेका सेफ चालिसेले ”मल्टी कुजिन कुक बुक“, “खाना स्वच्छता किताब”, राष्ट्रिय पत्र पत्रिकामा खाना विधि तथा राष्ट्रिय टेलिभिजन मार्फत थुप्रै सामाग्रीहरु पस्कि सकेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवाले ग्राहकहरुको चाहाना बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ नयाँ नेपाली स्वादहरु विकास गर्ने उद्धेश्य सहित सेफ चालिसेलाई आवद्ध गराएको बताएका छ । सेफ चालिसेले आगामी फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकास लगायतका कार्यहरुमा नेतृत्व गर्ने हुदाँ यसले फ्राञ्चाइजहरुमा गुणस्तरीय खाना तथा स्वच्छतामा थप एकरुपता आउने कम्पनीको दावी छ ।

बाजेको सेकुवाले हाल भइरहेको विश्वव्यापी महामारी कोभिड –१९ लाई मध्यनजर गरी स्वच्छ खसीे, कुखुरा, लोकल कुखुरा, हाँस, बँदेल, माछाका विभिन्न परीकारहरु ग्राहकहरुको घरमै पु¥याउने उद्धेश्यले “बाजेको फ्रेस” सञ्चालनमा ल्याउन लागेको बताएको छ ।

साथै २४सै घण्टा ग्राहकलाई सेवा दिने योजना सहित “क्लाउड किचेन”सञ्चालनमा ल्याउन लागेको समेत बाजेको सेकुवाको भनाई छ । बाजेको सेकुवाले विस्तार गर्न लागेको यी व्यववसायहरुमा पनि सेफ चालिसेको सक्रिय सहभागिता रहनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *