सिटी एक्सप्रेसको ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा’ योजना सार्वजनिक

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैंँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि खुशी साट्न लगातार ६० दिन सम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा” उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार रुपैया उपहार प्रदान गरिने जनाइएको छ ।
कम्पनीका अनुसार यस “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १० हजार हातमा” अफर असोज १५ गतेदेखि मंसिर १५ गते सम्म लागू हुनेछ ।

यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुने जनाइएको छ । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *