तातोपानी नाका असोज १९ देखि खोल्ने निर्णय

news-details

चिनसँगको महत्वपूर्ण सीमा नाकाका रुपमा रहेको सिन्धुपाल्चोकको तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ ।

मंगलबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल नेतृत्वको नेपाली टोली र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लि उलिन नेतृत्वको टोलीबीच भएको द्वीपक्षीय बैठकमा असोज १९ गतेबाट नाका खोल्ने सहमति भएको प्रजिअ ढकालले जानकारी दिएका छन ।

नाका संचालनमा ल्याउन असोज १८ गतेसम्म दुवै पक्षले तयारी पूरा गर्ने र १९ गतेबाट चिनियाँ सामान नेपालमा झार्ने व्यवस्था गर्ने सहमति भएको प्रजिअ ढकालले बताए ।

उनले सीमामा सामान लोड तथा अनलोड गर्नेसहितका जनशक्तिको पीसीआर नेगेटिभ हुनुपर्ने र ५–५ दिनमा पीसीआर परीक्षण गर्नेगरी अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर नाका सञ्चालनमा ल्याउने सहमति भएको बताए ।

सिन्धुपाल्चोकको विभिन्न ठाउमा गएको पहिरोका कारण सडक अवरुद्ध हुदा नेपालकै आग्रहमा तातोपानी नाका बन्द गरिएकोमा सडक मर्मत सकिएपछि नेपालले आग्रह गर्दा पनि तिब्बतको हिमताल फुट्ने जोखिम रहेको भन्दै चीनले नाका खोल्न आनाकानी गरेको थियो ।

चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाकाकारुपमा रहेको तातोपानी नाका बन्द हुँदा व्यवसायीका डेढ झण्डै सयभन्दा बढी कन्टेनरमा सामान थन्केको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले बताए । उनले खासा, नेलम, ल्यासा र केरुङमा गरी करिव दुई हजार कन्टेनर सामानहरु सीमा पारी रहेको भन्दै अन्य नाका सहजरुपमा सुचारु गराउन पनि सरकारसँग आग्रह गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *