धनगढीको हसनपुरमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर
- बैशाख २३, २०७६
- 0
प्रभु बैंकले कैलालीको धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित गोवर ग्याँस चोकमा आइतबारदेखि एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले बैंकको हसनापुर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।
उनले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी गराए ।
उनले कार्यालयमा आउने सेवाग्राहीहरुलाई कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमति गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याइएको बताए ।
बैंकको हसनपुर एक्स्टेन्सन काउण्टरबाट धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक गतिविधी बैंकिङ प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनुका साथै श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ बैंकले विश्वास लिएको छ ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]










