तेक्वान्दो च्याम्पियनशिपमा भाग लिन जापान जान लागेका खेलाडिलाई सिटी एक्सप्रेसले ग¥यो विदाई

news-details

जापानको ओसाकामा हुन गइरहेको १७ औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघकोतर्फबाट भाग लिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई सिटी एक्सप्रेसको तर्फबाट सफलताको शुभकामना दिदैं सम्पुर्ण खेलाडीहरुलाई सिटी एक्सप्रेसले ट्रयाक सुट उपलब्ध गराई सहयोग गरेको छ ।

उक्त वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिप, जापानको ओशाकामा यहि अप्रिल २० तारिक देखि सुरु हुदैछ । विश्वका विभिन्न मुलुकबाट सहभागिता जनाइने यस च्याम्पियनशिपमा नेपालले पनि भाग लिन लागेको हो ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया