नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा पेप्सिकोलामा

news-details

नेपाल इन्भेष्टमेण्ट बैंकले पेप्सिकोला टाउनप्लानिङमा ७९ औँ शाखा विस्तार गरेको छ । शाखामा एटिएमको पनि ब्यवस्था गरिएको छ ।

बैंकका संचालक प्रजन्य राजभण्डारी, सूर्यप्रकाश लाल श्रेष्ठ, निरन्जनलाल श्रेष्ठ, भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्याकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको हो ।

सम्पूर्ण वित्तीय कारोबार हुने यस शाखामा स्थानीय माग अनुसार सानो, ठूलो सबै प्रकारका लकरको व्यवस्था गरिएको बैंकको भनाइ छ ।

बैंकले उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५५ वटा शाखा संचालनमा ल्याएको छ । बैंकका देसभरि १२ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *