राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट हावाहुरी पिडितहरुलाई ७५ लाख सहयोग

news-details

चेत १७ गते आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भयो । हावाहुरीबाट प्रभावित पिडितहरुलाई राष्ट्रिय वाणिज्य बैंकले ७५ लाख सहयोग गरेको छ ।

उक्त प्राकृतिक विपद्को कारणवाट दिवंगत भएका व्यक्तिहरुको चीर शान्तीको कामना गर्दै बैंकले पिडित परिवारहरुलाई राहत पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा जम्मा हुने गरि एक समारोहका बिच ७५ लाख प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक लि सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रधानमन्त्री ओलीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवारमा सम्पन्न उक्त कार्यक्रममा कानूनमन्त्री भानूभक्त ढकाल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलगायतका उपस्थिति रहेको थियो ।

हावाहुरीको कारणवाट भएको ठूलो जनधनको क्षति प्रति बैंक परिवार दुःख व्यक्त गरेको छ ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *