आइएमई जनरल इन्स्योरेन्सले ल्यायो विद्यार्थी लक्षित बीमा योजना

news-details

आइएमई जनरल इन्स्योरेन्सले विद्यार्थीलाई लक्षित गरेर आइजिआई विद्यार्थी बीमा योजना ल्याएको छ । एक कार्यक्रमकाबीच कम्पनीका संचालक प्रतापजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त श्रेष्ठले उक्त बीमा योजनाको शुभारम्भ गरेका हुन ।

कम्पनीले कक्षा १ देखि १२ सम्म अध्यनरत विद्यार्थीहरुकोलाई बीमा सुरक्षा प्रदान गर्ने उदेश्यले यो योजना ल्याएको जनाएको छ । यो योजनाले विद्यार्थीका साथै उनीहरुका आमा र बुबालाई समेत सुरक्षा दिने कम्पनीको दाबी छ ।

विद्यार्थीलाई २४सै घण्टा सुरक्षा दिने भएकोले दुर्घटनाबाट पर्न जाने आर्थिक भारबाट अभिभावक र विद्यालय मुक्त हुने कम्पनीको भनाई छ ।

कम्पनीका अनुसार विमित विद्यार्थीको दुर्घटनाको कारणबाट मृत्यु भएमा १ लाख रुपैयाँ तथा विद्यार्थीको आमा वा बाबु मध्ये कुनै एक जनाको हकमा बीमा अवधिभर पाँच लाख बीमांक कायम गरिएको छ ।

यस्तै स्थायी पूर्ण अशक्तता भएमा, बीमित विद्यार्थीको हकमा बीमांक रकमको तीन लाख तथा विद्यार्थीको आमा वा बाबुको हकमा बीमांक रकमको शतप्रतिशत पाँच लाख रुपैयाँको जोखिम वहन गर्नेछ । अंगभंग भएमा विमित विद्यार्थीको हकमा बीमांक रकमको शतप्रतिशत एक लाख रुपैयाँसम्म तथा आमा वा बाबुको हकमा अढाई लाख रुपैयाँसम्म जोखिम बहन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अस्थायी पूर्ण अशक्तता भएमा विमित विद्यार्थीको हकमा विद्यालयको मासिक शैक्षिक शुल्क वापत प्रति महिना अधिकतम १० हजार रुपैयाँ नबढ्ने गरी २ महिनासम्मको शुल्क भुक्तानी गरिनेछ । कम्पनीले दुर्घटनाको कारणले औषधोपचार गर्नु परेमा विमित विद्यार्थीको हकमा बीमांक रकमको २५ हजार रुपैयाँ सम्मको औषधोपचार सुविधा कायम गरिएको जनाएको छ । कम्पनीका अनुसार विमित विद्यार्थीको हकमा बिरामी भई अस्पतालमा भर्ना हुनु परेको अवस्थामा बीमांक रकम पचास हजार रुपैयाँ र अस्पतालको शैया दैनिक दुई हजार रुपैयाँसम्म हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *