राष्ट्रिय वाणिज्य बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष गुरुङ्गले प्रतिवेदन प्रस्तुत गर्नुहुंदै राष्ट्रिय वाणिज्य बैंक विश्वसनीय भएको र आगामी दिनमा थप सृदृढ बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि, भुमी व्यवस्था तथा सहकारी मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनीधि तथा सार्वसाधारण शेयरधनिहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष गुरुङ्गले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि शेयरधनीहरु दामोदर प्रसाद रेग्मी, निरञ्जनकुमार तिवेडेवाल र अमृतनाथ रेग्मीेले टिप्पणी गर्नुका साथै बैंक सुधारको निमित्त विभिन्न सुझाबसहितको धारणा राख्नुभएको थियो । सो टिप्पणी एवं जिज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले जवाफ दिनुभएको थियो ।

सो साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा. माधबप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी र सुशिल श्रेष्ठ, उपकार्यकारी अधिकृत टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी र विभागीय प्रमुखहरु लगायतकोे उपस्थिती रहेको थियो । साभारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गर्नुभएको थियो ।

बैंकको हाल ७७ जिल्लामा २१७ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को दोश्रो त्रैमाससम्म बैंकले १ खर्ब ८१ अर्ब रुपैंया निक्षेप संकलन, १ खर्ब ३४ अर्ब रुपैंया कर्जा लगानी र २ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *