प्रभु बैंकको नयाँ शाखा ताप्लेजुङको फुङलिङमा
- चैत्र ३, २०७५
- 0
प्रभु बैंकले आफ्नो नयाँ शाखा ताप्लेजुङको फुङलिङमा सञ्चालनमा ल्याएको छ । आइतबार फुङलिङ नगरपालिका–४ मा सञ्चालनमा आएको शाखाको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा ताप्लेजुङ्ग जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति थियो ।
नगरपालिकाका मेयर प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै अब फुङलिङ नगरपालिकावासीहरुलाई नजिकैबाट गुणस्तरीय एवं अत्याधुनिक बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।
यो अवरसलाई सहि सदुपयोग गर्न नगरवासीलाई आव्हान पनि गरे ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]










