भृकुटीमण्डपमा जुत्ताचप्पलको महासेल महाकुम्भ मेला

news-details

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डका जुत्ताचप्पलको ‘महासेल महाकुम्भ जुत्ता मेला’ लागेको छ । यही चैत्र १ गतेदेखि लागेको मेलामा एक हजारभन्दा बढि डिजाइनका आकर्षक जुत्ताचप्पल अत्यन्तै सस्तो मुल्यमा उपलब्ध छन् ।

स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि महासेल कुम्भमेला राखिएको आयोजक प्रमोद महतोले जानकारी दिए । उनले भने–‘मेलामा हामीले एकदमै सस्तो उत्पादन (फ्याक्ट्री) मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ,यसको उद्धेश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो ।’

एउटै छानामुनी सबै मोडलका जुत्ताचप्पल छानीछानी किन्नका लागि मेला आयोजना गरिएको अर्का आयोजक जीवन श्रेष्ठको भनाई छ । गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध हुनु नै यो मेलाको आकर्षण पक्ष हो । नेपाली जुत्ताहरुको लोेकप्रियता अझ बढाउन हरेक डिजाइनका जुत्ताहरु फ्याक्ट्री लागतमा नै उपलब्ध गराइने  आयोजक मध्येकै आरसी केसी पनि बताउँछन् ।

मेलामा नेपालका प्रख्यात ब्राण्डका जुत्ता चप्पल राखिएका छन् । मेलामा भेनस सुज, केटिएम सुज, पारागन सुज, फुटस्टेप सुज, बोस सुज, जाल्पा फुटवेयरलगायतका ब्राण्डका नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल राखिएका छन् ।

एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनेछन भने हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु मेलामा उपलब्ध गराइएको अर्का आयोजक रामहरी तोलाङ्गको भनाई छ ।

नेपाली जुत्ताचप्पल प्रयोग गरौ, स्वदेशी उत्पादनमा गर्व गरौ भन्ने नाराका साथ मेला आयोजना गरिएको हो । नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनका जुत्ताचप्पल लगाउने वानी बसाल्न तथा नेपालमा नै गुणस्तरीय जुत्ता उत्पादन हुन्छन् भनेर चिनाउन मेला राखिएको अर्का आयोजक गंगा श्रेष्ठको भनाई छ ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।

भृकुटी मण्डपमा चलिरहेको मेलामा नेपाली जुत्ताचप्पलका नयाँ–नयाँ डिजाइन एक पटक अवलोकनका लागि आयोजकको विशेष आह्वान रहेको छ । स्वदेशी उत्पादनमा आत्मनिर्भर भइरहेको जुत्ताचप्पलले नेपालीहरुको मन पनि जितिरहेको छ, त्यसैले नेपाल जुत्ताचप्पल प्रयोग गरौ, स्वदेशी उत्पादनमा गर्व गरौ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया