कुमारी बैंकको ‘नयाँ समाज नेपाल’लाई सहयोग

news-details

कुमारी बैंकले ‘नयाँ समाज नेपाल’ नामक परोपकारी संस्थालाई वित्तिय सहयोग प्रदान गरेको छ ।

उक्त संस्थाको हेरचाहमा रहेका सबै बालबालिकालाई बैंकले लुगाकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएको बैंकको भनाइ छ ।

उक्त संस्था न्यून आयश्रोत तथा एकल अभिभावक परिवारका बालबालिकाको आधारभूत आवश्यकता परिपूर्तिका लागी कार्यरत रहेको बैंकले जनाएको छ ।

बैंकको कर्मचारी युनियनको पहलमा सहयोग कार्यक्रम भएको थियो । कार्यक्रममा बैंकका चिफ् डिपोजिट मार्र्केिटङ राजेश श्रेष्ठ र युनियनका अध्यक्ष शिव पाठकले नयाँ समाज नेपालका अध्यक्ष कृष्णराज गुरुङलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन ।

बैंकका ८७ शाखा, ८३ एटिम र २ एक्सटेन काउन्टर छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *