ग्लोबल आइएमई बैंक र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता

news-details

ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्व विद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा त्रिवि पनिकाका तर्फबाट परीक्षा नियन्त्रक सहप्राध्यापक पुष्प राजजोशी र बैंकका तर्फबाट किर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौता अनुसार त्रिभुवन विश्व बिद्यालय परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरु दैनिक रुपमा संकलन गर्ने, क्याम्पसको हकमा काठमाडौं उपत्यका लगायतका सम्पुर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्ने सुविधा उपलब्ध गराउनेछ ।

यस्तै विद्यार्थीहरुको हकमा बल्खुस्थित काउन्टरबाट जम्मा हुने तथा पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराइने जनाइएको छ ।

विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबर बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल आइएमई बैंकले देशभरका विभिन्न १५ वटा सरकारी कार्यालयहरुमा आफ्नो कार्यकक्ष स्थापना गरेर कारोबार संचालन गर्दै आएको छ ।

बैंकले विभिन्न सरकारी कार्यालयहरु, उद्योग विभाग, विभिन्न यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालयहरु, मालपोत कार्यालय लगायतका विभिन्न १५ बटा सरकारी कार्यालयमा आफ्नो सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *