सिद्धार्थ बैंकबाट सहुलियतपूर्ण कर्जा सुरु
- फाल्गुन १३, २०७५
- 0

सिद्धार्थ बैंकले नेपाल राष्ट्र« बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा आफ्नो सम्पूर्ण शाखामार्फत दिन थालेको जनाएको छ ।
बैंकले सिद्धार्थ महिला उद्यमशीलता कर्जा १५ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म, उच्च र प्राविधिक शिक्षा तथा व्यवसाय कर्जा पाँच लाखसम्म, दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म, भूकम्पपीडित आवास निर्माण कर्जा तीन लाखसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाखसम्म, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा पाँच करोडसम्म रहेको जनाएको छ ।
बैंकले एक सय ३९ शाखा, ९९ शाखारहित बैंकिङ र एक सय ५० एटिएममार्फत ६ लाख २२ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको जनाएको छ । माघ मसान्तसम्ममा बैंकको चुक्ता पुँजी आठ अर्ब ८८ करोड पुगेको छ ।
0 प्रतिक्रिया
प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन् […]
‘फिने’ले खतिवडाको अध्यक्षतामा गठन गर्यो बाग्मती प्रदेश कमिटि

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटि गठन गरेको छ । उद्योग, बाणिज्य तथा आपुर्ति […]
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् । […]
प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ […]
गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा, हाल देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता

गृहमन्त्री रमेश लेखकले शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन् । पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी […]