विवाह तथा पार्टीलाई लक्षित गर्दै भृकुटीमण्डपमा लाग्यो जुत्तामेला

(भिडियो रिपोर्टसहित)
news-details

काठमाडौंको भृकुटीमण्डपमा विवाह तथा पार्टीलाई लक्षित गरेर शुभविवाह महाकुम्भ जुत्तामेला लागिरहेको छ । फागुन महिनामा विवाहका धेरै लगन र पार्टीहरु हुने समय भएकाले उपभोक्तालाई चाहिने सबै प्रकारका जुत्ता मेलामा उपलब्ध गराइएको छ ।
मूख्यरुपमा विवाह तथा पार्टीका लागि डिजाइन गरिएका नयाँ नयाँ जुत्ता मेलामा रहेका छन् । मेलामा नै २५० भन्दा बढि नयाँ डिजाइनका जुत्ता सार्वजनिक गर्नुका साथै एक हजारभन्दा बढि डिजाइनका जुत्ता मेलामा राखिएको आयोजक तथा केटिएम सुजका संचालक प्रमोद महतोले जानकारी दिए ।

विवाह तथा पार्टीमा नयाँ जुत्ता लगाउने परिपाटीलाई लक्षित गरेर एउटै छाानमुनी सबै जुत्ताचप्पल छानीछानी किन्नका लागि मेला राखिएको अर्का आयोजक तथा भेनस सुजका संचालक जीवन श्रेष्ठको भनाई छ ।

गुणस्तरीय जुत्ताचप्पल सस्तो मूल्यमा एउटै थलोमा उपलब्ध छ । नेपाली जुत्ताहरुको लोेकप्रियता अझ बढाउन हरेक डिजाइनका जुत्ताहरु फ्याक्ट्री लागतमा नै उपलब्ध गराइने अर्का आयोजक तथा फुटस्टेप सुजका संचालक आरसी केसी बताउँछन् ।

मेलामा नेपालका प्रख्यात ब्राण्डका जुत्ता चप्पल राखिएका छन् । मेलामा भेनस सुज, केटिएम सुज, पारागन सुज, फुटस्टेप सुज, बोस सुज, जाल्पा फुटवेयरलगायतका ब्राण्डका नयाँ नयाँ डिजाइन जुत्ताचप्पल राखिएका छन् ।

एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनेछन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । उपभोक्ताले खोजेका हरेका भेराइटीहरु मेलामा उपलब्ध गरेको आयोजक तथा पारागन सुजका संचालक रामहरी तोलाङ्गको भनाई छ।

नेपाली जुत्ताचप्पल प्रयोग गरौ, स्वदेशी उत्पादनमा गर्व गरौ भन्ने नाराका साथ मेला आयोजना गरिएको हो । नेपाली उपभोक्तालाई स्वदेशी उत्पादनका जुत्ताचप्पल लगाउने वानी बसाल्न तथा नेपालमा नै गुणस्तरीय जुत्ता हुन्छन् भनेर चिनाउन मेला राखिएको बोस सुजका गंगा श्रेष्ठको भनाई छ ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।

भृकुटी मण्डपमा चलिरहेको मेलामा नेपाली जुत्ताचप्पलका नयाँ नयाँ डिजाइन एक पटक अवलोकनका लागि आयोजकको विशेष आह्वान रहेको छ । स्वदेशी उत्पादनमा आत्मनिर्भर भइरहेको जुत्ताचप्पलले नेपालीहरुको मन पनि जितिरहेको छ , त्यसैले नेपाल जुत्ताचप्पल प्रयोग गरौ, स्वदेशी उत्पादनमा गर्व गरौ ।

भिडियो रिपोर्ट

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *