वित्तीय सूचनामुलक नोटिस पोर्टल ‘फाईनान्सीयल नोटिसेस’ को मोबाईल एप्स सार्वजनिक

news-details

नेपालमै पहिलो पटक संचालनमा आएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनान्सीयल नोटिसेस डट कमको मोबाईल एप्स सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित “फाइनान्सीयल टेक्नोलोजी” विषयक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणी सिवाकोटीबाट फाइनान्सीयल नोटिसेस् मोबाईल एप्स सार्वजनिक गरिएको हो ।

एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सम्पूर्ण सूचनाहरु, रोजगारीको सूचना, बोलपत्र आह्वान, सेयर सम्बन्धी सूचना, ब्याजदर परिवर्तनको सूचना, वित्तीय विवरण, कर्जा भुक्तानी, मिटिङ, महत्वपूर्ण जानकारीहरु तथा ताजा सूचनाहरु छुट्टा छुट्टै रुपमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

ग्राहकलाई आवश्यक पर्ने र हेर्न चाहेको बैंक तथा वित्तीय संस्थाहरुको मात्र सूचना मोबाईलमा नोटिफिकेसन आउने सुविधा रहेको छ । एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुका नयाँ योजनाहरु, प्रधान कार्यलय, शाखा कार्यलय, एटिएम रहेको ठाउँको जानकारी, शाखा रहित बैंकिङ एजेन्ट तथा बिमकहरुको बारेमा सजिलै जानकारी पाउने कम्पनीले जनाएको छ ।

यसै एप्सबाट विदेशी विनिमय दर हेर्न, मेरो शेयर लगानी गर्न इएमआई क्याल्कुलेटरको सुविधा प्रयोग गर्न सकिन्छ । अर्को महत्वपूर्ण विशेषताको रुपमा विभिन्न आर्थिक वेब पोर्टलमा प्रकाशित बैंक तथा वित्तीय संस्थासंग सम्बन्धित सम्पूर्ण ताजा आर्थिक समाचारहरु यसै एप्स मार्फत् हेर्न सकिने सुविधा रहेको ट्रिउम्फ मिडियाका संचालक प्रकाश अर्यालले बताए ।

ग्राहक वा प्रयोगकर्ताले आफूले चाहेको बैंक तथा वित्तीय संस्थाले प्रकाशित गर्ने सूचना, नयाँ योजना तथा जानकारीबारे थाहा पाउन विभिन्न पत्रपत्रिका, ईपेपर, सम्बन्धीत वित्तीय सस्थाको वेवसाईट भिजिट गर्नुपर्ने, पत्र–पत्रिका फाईलिङ गरेर राख्नुपर्ने, सूचना पार्टीमा सूचना टाँसेर खाख्नुपर्ने झन्झटबाट मुक्त हुने र व्यस्त समयको बचत हुने कम्पनीको दावी छ । पत्र–पत्रिकानै नपुग्ने विकट ठाउँहरुमा यो प्रभावकारी आर्थिक सूचनाको श्रोत बन्ने र विभिन्न अवसरहरुबाट समयमै लाभ लिनको लागि फाईनान्सियल नोटिसेस सहयोगी हुने संचालक अर्यालले बताए ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपाल राष्ट्र बैंकले फाइनान्सियल टेक्नोलोजीलाई पनि प्राथमिकतामा राखेको बताए । आर्थिक कारोबारलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले रियल टाइम पेमेन्ट सेटलमेन्ट सिस्टम तथा नेशनल पेमेन्ट स्वीचको पनि विकास गरिरहेको उनले बताए । प्रविधिको यूगमा फाइनान्सीयल टेक्नोलोजी अपरिहार्य रहेको सिवाकोटीले बताए ।

त्यस्तै राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले नेपालमा वित्तीय पहुँचको अवस्था अत्यन्तै कमजोर रहेको बताए । वित्तीय पहुँच विस्तारको लागि फाइनान्सीयल टेक्नोलोजीको भुमिका महत्वपुर्ण हुने उनले बताए । नेपालमा फाइनान्सीयल सिस्टम विकासको क्रममा रहेकोले वित्तीय पहुँच विस्तार हुन नसकेको भन्दै उनले वित्तीय क्षेत्र स्थायीत्वको दायीत्व राष्ट्र बैंकको हो, तर वित्तीय पहुँचको विस्तार र समावेशि बनाउने दायीत्व भने सरकारको रहेको उनले बताए ।

यस्तै प्रभु पे की उपाध्यक्ष कुसुम लामाले प्रविधिको विकास गरेर मात्र त्यसको पहुँच विस्तारमा ध्यान दिनुपर्ने औंल्याइन् । बीमा प्रविधिविज्ञ खुशल रेग्मीले बीमाक्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको बताए । पछिल्लो समय बीमामा प्रविधिको प्रयोग बढ्दा ग्राहकलाई पोलिसी छनोट गर्न सहज भएको उनको भनाइ छ । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रभुुख सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *