हिमालयन बैंकद्वारा दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमा रकम हस्तान्तरण
- फाल्गुन ८, २०७५
- 0
हिमालयन बैंक लिमिटेडले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमा बापत प्राप्त रकम हस्तान्तरण गरेको छ ।
बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व रविराज खनालकी धर्मपत्नी गीता खनाललाई उक्त खाताको “दुर्घटना मृत्यु बीमा” वापत प्राप्त भएको ५ लाख हस्तान्तरण गरेको हो ।
बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको ५ लाख सम्मको निशुल्क दुर्घटना मृत्यु बीमा गरिदिएको छ । बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरे ।
मृतककी श्रीमती गीता खनालले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पु¥याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको बताइन् ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]










