हिमालयन बैंकद्वारा दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमा रकम हस्तान्तरण

news-details

हिमालयन बैंक लिमिटेडले दुर्घटनामा मृत्यु भएकाको परिवारलाई बीमा बापत प्राप्त रकम हस्तान्तरण गरेको छ ।

बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका आफ्ना खातावाला ग्राहक स्व रविराज खनालकी धर्मपत्नी गीता खनाललाई उक्त खाताको “दुर्घटना मृत्यु बीमा” वापत प्राप्त भएको ५ लाख हस्तान्तरण गरेको हो ।

बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको ५ लाख सम्मको निशुल्क दुर्घटना मृत्यु बीमा गरिदिएको छ । बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरे ।

मृतककी श्रीमती गीता खनालले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पु¥याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको बताइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *