सम्सारा रेमिट र नेशनल एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

news-details

सम्सारा रेमिट प्रा.लि. ले खाडी मुलुकमा आफ्नो सेवालाई बिस्तार गर्दै लैजाने क्रममा कतारस्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्जसँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी द्धिपक्षीय सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सम्सारा रेमिटको तर्फबाट डाइरेक्टर–व्यवसाय प्रवन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबबाट महाप्रवन्धक मोहमद मुस्ताफाले सम्सारा रेमिटको मुख्य कार्यालयमा एक कार्यक्रमकाबीच हस्ताक्षर गरे । कार्यक्रममा नेशनल एक्सचेन्जका प्रमुख संचालक साईद अलिको पनि उपस्थित रहेको थियो ।

हस्ताक्षर पछि नेशनल एक्सचेन्जका महाप्रवन्धक मुस्ताफाले सम्सारा रेमिटले कतारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको हुदाँ दुई कम्पनीबीचको सहकार्यले आउने दिनमा ग्राहकले विशिष्ट सेवा पाउने विश्वास व्यक्त गरे ।

उक्त सहकार्यले सम्साराको कतारमा थप सञ्जाल विस्तार भएको छ ।यस सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफुले कमाएको रकम नेशनल एक्सचेन्जको ५ वटा शाखाबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछ । सो रकम सम्सारा रेमिटको नेपालभरि रहेका ५६०० भन्दा बढी सब एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन र रकम लिने व्यक्तिको नेपालमा कुनै पनि बैक तथा वित्तिय संस्थाहरुमा रहेको खातामा रकम जम्मा गराइदिने समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

सम्सरा रेमिट २०६३ सालमा स्थापना भइ विश्वका सबैजसो देशहरुबाट नेपाली कामदारहरुले कमाएको रकम स्वदेश भित्र्याउदै आएको छ । यो कम्पनीले एक्सप्रेस मनी, मनीग्राम, वल्र्ड रेमिट, इन्स्ट्यान्ट क्यास र ट्रान्सफास्टजस्ता विश्व प्रशिद्ध कम्पनीहरुसँग सहकार्य गरी विदेशमा रहेका नेपालीहरुलाई विप्रेषण सम्बन्धि सेवा सुलभ र सजिलोसँग प्रदान गर्दे आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *