वैदेशिक रोजगारीमा जाने घटे पनि विप्रेषण आप्रवाहमा भने बृद्धि

news-details

चालु आवको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि विप्रेषण आप्रवाहमा भने व्यापक बृद्धि आएको छ । यो अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या ३९.१ प्रतिशतले घटेपनि विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनाको अवधिमा नेपालले रेमिट्यान्स मार्फत ४ खर्ब ४३ अर्ब ३६ करोड आम्दानी गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो भने सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या १.८ प्रतिशतले घटेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *