आईएमईका सिईओ पोखरेललाई ‘म्यानेजर अफ दि ईयर’ अवार्ड
- फाल्गुन १, २०७५
- 0
नेपाल व्यवस्थापन संघले हरेक वर्ष प्रदान गर्ने ‘म्यानेजर अफ दि ईयर’ अवार्ड यस वर्ष आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई प्रदान गरिएको छ । संघको ३८ औं वार्षिक साधारणसभाको अवसरमा २०१८ को वर्षभरीको कार्यसम्पादनको मूल्यांकन गरेर सो अवार्ड यो वर्ष पोखरेललाई दिईएको संघले जनाएको छ । पोखरेल नेपाल रेमिटर्श एसोसिएसनका अध्यक्षसमेत हुन ।
म्यानेजर अफ दि ईयरको अवार्ड पाएपछि आइएमईका सिईओ पोखरेलले यो अवार्डले आफूलाई कामप्रति अझ जिम्मेवार र सक्रिय भएर लाग्नको लागि प्रेरित गरेको बताए । उनले आफ्नो कामको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएकोमा यसले आफू आफ्नो पेशाप्रति र संघप्रति समेत ऋणी रहेको धारणा राखे ।
यस्तै संघले यो वर्षको आउटस्ट्याण्डिङ म्यानेजर अवार्ड द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठलाई प्रदान गरेको छ भने एक जना निजामती कर्मचारीलाई पनि उत्कृष्ट निजामती कर्मचारी अवार्ड दिने गरिएकोमा सो अवार्ड अर्थसचिव डा. राजन खनाललाई दिईएको छ ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]










