आईएमईका सिईओ पोखरेललाई ‘म्यानेजर अफ दि ईयर’ अवार्ड

news-details

नेपाल व्यवस्थापन संघले हरेक वर्ष प्रदान गर्ने ‘म्यानेजर अफ दि ईयर’ अवार्ड यस वर्ष आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई प्रदान गरिएको छ । संघको ३८ औं वार्षिक साधारणसभाको अवसरमा २०१८ को वर्षभरीको कार्यसम्पादनको मूल्यांकन गरेर सो अवार्ड यो वर्ष पोखरेललाई दिईएको संघले जनाएको छ । पोखरेल नेपाल रेमिटर्श एसोसिएसनका अध्यक्षसमेत हुन ।

म्यानेजर अफ दि ईयरको अवार्ड पाएपछि आइएमईका सिईओ पोखरेलले यो अवार्डले आफूलाई कामप्रति अझ जिम्मेवार र सक्रिय भएर लाग्नको लागि प्रेरित गरेको बताए । उनले आफ्नो कामको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएकोमा यसले आफू आफ्नो पेशाप्रति र संघप्रति समेत ऋणी रहेको धारणा राखे ।

यस्तै संघले यो वर्षको आउटस्ट्याण्डिङ म्यानेजर अवार्ड द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठलाई प्रदान गरेको छ भने एक जना निजामती कर्मचारीलाई पनि उत्कृष्ट निजामती कर्मचारी अवार्ड दिने गरिएकोमा सो अवार्ड अर्थसचिव डा. राजन खनाललाई दिईएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *