सरकारले सहुलियत ऋणलाई थप प्रभवकारी बनाउँदै

news-details

सरकारले वैदेशिक रोजगरीबाट फर्केका युवाहरुलाई उद्यमशील बनाउन उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋण कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ । विदेशमा कमाएको पैसा अनुत्पादक क्षेत्रमा बढी खर्च हुन थालेपछि सहुलियत पूर्ण ऋणलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो ।

युवाहरुले नेपालमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्रविधिक तथा व्यवसायिक कर्जा लगायतका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने योजना सरकारले ल्याएको हो ।

ऋण लिन चाहनेहरुलाई सरलढंगबाट विना धितो सहुलियत दरको ऋण उपलब्ध गराउनका लागि केन्द्रिय बैंकले सवै वाणिज्य वैंकलाई निर्देशन दिइसकेको छ ।

कुन शिर्षकमा कति कर्जा?

व्यवसायको प्रकृति                                         ऋण रकम
कृषि तथा पशुपन्छी कर्जा                                     ५ करोड
शिक्षित युवा स्वरोजगार कर्जा                                ७ लाख
विदेशबाट फर्केका युवापरियोजना कर्जा               १० लाख
महिला उद्यमशील कर्जा                                        १५ लाख
दलित समुदाय व्यवसाय विकास कर्जा                   १० लाख
उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा       ५ लाख
भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा     ३ लाख

स्वरोजगार र रोजगार कार्यक्रम अन्तर्गत सीप प्रमाणीकरण गर्ने र आवश्यक परेमा प्राविधिक सहयोग गर्ने र व्यवसायका लागि सक्षम बनाउने काम समेत सरकारले गर्ने भएको छ । यसरी कुनै एउटा व्यवसाय गर्न राम्रो सीप भएका वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई कर्जा उपलब्ध गराई स्वरोजगार बनाउने योजना सरकारसँग छ । वैदेशिक रोजगार प्रवद्र्धन वोर्डको अग्रसरतामा सामुदायिक संस्थासँगको सहकार्ययमा यस्ता व्यवसायिक योजना सम्बन्धि तालिमहरु सञ्चालन गरिने छ र युवाहरुलाई स्वदेशमै काम गर्न उत्प्रेरित गरिने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *