जिएमई रेमिट गरिमा विकास बैंकको सुपर एजेन्टमा नियुक्त

news-details

विश्वका विभिन्न मुलुकबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउदै आइरहेको जि.एम.ई. रेमिट प्रा.लि. गरिमा विकास बैंक लिमिटेडको सुपर एजेन्टमा नियुक्त भएको छ ।

उक्त सुपर एजेन्ट सम्बन्धी सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रमुख संचालन अधिकृत प्रमोद मान सिंह बस्नेत र गरिमा विकास बैंकको तर्फबाट नायव महाप्रबन्धक माधव प्रसाद उपाध्ययायले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पछि अब गरिमा विकास बैंकको गरिमा रेमिटमार्फत पठाएको रकम जिएमई रेमिटको मुलुकभर रहेका ८००० भन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिने छ भने जिएमई रेमिटमार्फत नेपालीहरुले विदेशबाट पठाएको रकम गरिमा विकास बैंकका देशभर रहेका सम्पूर्ण शाखाहरु मार्फत भुक्तानी लिन सकिने छ ।

हाल जिएमई रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान, इजरायल, युएईलगायतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *