जिएमई रेमिट गरिमा विकास बैंकको सुपर एजेन्टमा नियुक्त
- माघ २३, २०७५
- 0
विश्वका विभिन्न मुलुकबाट स्वदेशमा रेमिट्यान्स भित्र्याउदै आइरहेको जि.एम.ई. रेमिट प्रा.लि. गरिमा विकास बैंक लिमिटेडको सुपर एजेन्टमा नियुक्त भएको छ ।
उक्त सुपर एजेन्ट सम्बन्धी सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रमुख संचालन अधिकृत प्रमोद मान सिंह बस्नेत र गरिमा विकास बैंकको तर्फबाट नायव महाप्रबन्धक माधव प्रसाद उपाध्ययायले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पछि अब गरिमा विकास बैंकको गरिमा रेमिटमार्फत पठाएको रकम जिएमई रेमिटको मुलुकभर रहेका ८००० भन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिने छ भने जिएमई रेमिटमार्फत नेपालीहरुले विदेशबाट पठाएको रकम गरिमा विकास बैंकका देशभर रहेका सम्पूर्ण शाखाहरु मार्फत भुक्तानी लिन सकिने छ ।
हाल जिएमई रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान, इजरायल, युएईलगायतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]










