वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमद्धारा विभिन्न प्याकेज र छुटै-छुट घोषणा

news-details

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले १५ औं वार्षिक उत्सवको अवसरमा कम्पनीका विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ ।

माघ २२ देखि फागुन २२ सम्म एनटी मोवाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निशुल्क १०० एमबी डाटा उपलब्ध गराउने भएको छ ।

त्यस्तै पोस्ट पेडका ग्राहकलाई ९०० को रिचार्जको प्याकेजमा प्रतिमहिना ३।३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ पोस्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र १०० मिनेटसम्म् भ्वाइस बोनस दिने घोषणा गरेको छ ।

त्यस्तै टुरिस्ट प्याकेज अन्तर्गत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल, ५० वटा एसएमएस र १०० को अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यसैगरी १००० मा १० जीबी डाटा, नेपाल टेलिकमको नेटवर्कमा १०० मिनेट भ्वाइस कल १०० वटा एसएमसए र २०० को अन्तर्राष्ट्रिय कल गर्न सकिने व्यवस्था गरेको छ ।

माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक, तथा मासिक चाइना कल प्याकेजमा ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० मा १६५ मिनेट भ्वाइस कल दिने टेलिकमले बताएको छ ।

त्यस्तै २०७४ असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणले २०७६ असार मशान्तसम्म बक्यौता बुझाएमा जरिवाना छुट गर्ने प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *