कुमारी बैंंकको भिसा क्रेडिट कार्ड अब थ्रीडी सेक्युरमा

news-details

कुमारी बैंक लिमिटेडका भिसा क्रेडिट कार्ड होल्डरहरुले अब उक्त कार्डबाट सुरक्षित ई–कमर्स कारोबारहरु गर्न सक्ने भएका छन् ।

थ्री–डी सेक्युर प्रोटोकोलमा आधारित भेरिफाइड बाई भिसा प्रणाली अनुसार कुमारीको भिसा क्रेडिट कार्डबाट अनलाइन कारोबार गर्दा कार्ड होल्डर प्रमाणीकरण विधि अनुरूप थप सुरक्षा महसुस गर्ने छन् । जस अन्तर्गत कार्ड प्रयोगकर्ताले कुनै पनि अनलाइन कारोबार गर्दा, इ–मेल वा एसएमएसबाट ‘वान टाइम पासर्वड’ प्राप्त गर्ने छन् ।

जसबाट कार्ड होल्डरको पहिचान प्रमाणीकरण हुनेछ । अब कुमारी बैंकको क्रेडिट कार्डबाट कारोबार गर्दा उक्त सुरक्षाको कारण निश्चिन्त भई अनलाइन शपिङ्ग लगायतका अतिरिक्त कारोबार गर्न सक्ने छन् ।

यस सुरक्षा प्रणाली कार्यान्वयन पश्चात् बैंकका क्रेडिट कार्डहोल्डरहरुकोे बैंकिङ्ग सेवा लगायत अनलाइन कारोबार प्रणालीमा कन्जुमर कन्फिडेन्स बढ्नेमा बैंक विश्वस्त रहेको बताएको छ ।

यसैगरी, कार्ड होल्डरहरुले छिट्टै कुमारी बैंकको मोबाइल टोकन एप डाउनलोड गरेर पनि अनलाइन कारोबारको ओटीपी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

समसामयिक सन्दर्भमा पहिचान चोरी लगायत अनलाइन भुक्तानीमा बढ्दो ठगीलाई न्यूनीकरण गर्दै आफ्ना ग्राहक वर्गहरुलाई विश्वसनीय एवं भरपर्दो सेवा दिने प्रयत्नका साथ उक्त प्रणाली प्रयोगमा ल्याएको बैंकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *