एभरेष्ट बैंक र भारतको पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर

news-details

वित्तीय तथा बैंकिङ सेवा प्रदान गर्ने एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्ध स्थायी नेपालीलाई सुविधा प्रदान गर्ने उद्देश्यले भारतको पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर भएको छ ।

पंजाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ, समिर बाजपाई महा प्रबन्धक पंजाव नेशनल बैंक-सरकारी बिजनेस डेभिजनले एमओयूमा हस्ताक्षर गरे ।

नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्नेछन् ।

रक्षक प्लस खाताबाट निःशुल्क रेमिट्यान्स सुविधा, एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको सह-ब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

भारतीय गोरखा सैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ । कार्यक्रममा दुवै बैंकका वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *