एभरेष्ट बैंक र भारतको पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर
- माघ ६, २०७५
- 0
वित्तीय तथा बैंकिङ सेवा प्रदान गर्ने एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्ध स्थायी नेपालीलाई सुविधा प्रदान गर्ने उद्देश्यले भारतको पंजाव नेशनल बैंकबीच एमओयूमा हस्ताक्षर भएको छ ।
पंजाव नेशनल बैंकको मुख्य कार्यालय नयाँ दिल्लीमा एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ, समिर बाजपाई महा प्रबन्धक पंजाव नेशनल बैंक-सरकारी बिजनेस डेभिजनले एमओयूमा हस्ताक्षर गरे ।
नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा सैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न सक्नेछन् ।
रक्षक प्लस खाताबाट निःशुल्क रेमिट्यान्स सुविधा, एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको सह-ब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
भारतीय गोरखा सैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ । कार्यक्रममा दुवै बैंकका वरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]










