राष्ट्रिय वाणिज्य बैंकको ५४ औं वार्षिकोत्सवको अवसरमा रक्तदान

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वार्षिकोत्सबको अवसरमा शुक्रबार बैंकको केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ ।

कार्यक्रममा बैंकका १२० जना भन्दा बढि कर्मचारीहरुले रक्तदान गरे । बैंकको विभिन्न क्षेत्रीय कार्यालयहरुमा पनि रक्तदान कार्याक्रम संचालन भएका थिए ।

साथै, बैंकले वार्षिकोत्सबको उपलक्ष्यमा ब्याडमिन्टन, टेबलटेनिस, म्यूजीकल चेयर, प्रतियोगिताको पनि आयोजना गर्दैछ ।

बैंकले ५४ औं वार्षिकोत्सवको अवसरमा माघ ५ शनिबार बिहान ७ः३० बजे वित्तीय चेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना हुँदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *