सुरज आर्केड व्यापार सघंको अध्यक्षमा पुनः स्वांर निर्वाचित
- पुस २८, २०७५
- 0
काठमाडौंको पहिलो सपिङ मल सुरज आर्केड व्यापार सघंको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले हेम स्वांरको अध्यक्षतामा ११ सदस्य कार्य समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा नरेश तुलाधर, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा शुर्वण श्रेष्ठ, कोषाध्यक्षमा गणेश थापा क्षेत्री र सह–कोषाध्यक्षमा सुरेश कुमार खड्का चयन भएका छन् भने अन्य ५ व्यवसायी केन्द्रिय सदस्यमा पदमा निर्वाचित भएका छन् ।
उक्त साधारण सभाको सभापतित्व गरेका अध्यक्ष हेम स्वांरले सुरज आर्केड व्यापार सघं मातहतका व्यवसायीबाट उच्चस्तरीय विदेशी उपभोग्य सामान उपलब्ध गराउन सफल हुँदै आएको जानकारी गराएका छन् ।
यो सहित समान बिक्रीमा समेत पूर्ण मूल्यका भ्याट बिल जारी गरीएकाले व्यवसायीलाई धन्यवाद दिँदै राज्यको भ्याट असुलीमा व्यापार सघंको प्रत्यक्ष साझेदारी हुने बताइएको छ । कार्यक्रममा व्यापार सहजीकरण, लगानी मैत्री वातावरण, बैक ब्याज तथा भन्सार जाँच पास सहजीकरणका विषयमा विभिन्न वक्ताहरूले आफ्नो धारण राखेका थिए ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]










