सुरज आर्केड व्यापार सघंको अध्यक्षमा पुनः स्वांर निर्वाचित

news-details

काठमाडौंको पहिलो सपिङ मल सुरज आर्केड व्यापार सघंको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले हेम स्वांरको अध्यक्षतामा ११ सदस्य कार्य समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा नरेश तुलाधर, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा शुर्वण श्रेष्ठ, कोषाध्यक्षमा गणेश थापा क्षेत्री र सह–कोषाध्यक्षमा सुरेश कुमार खड्का चयन भएका छन् भने अन्य ५ व्यवसायी केन्द्रिय सदस्यमा पदमा निर्वाचित भएका छन् ।

उक्त साधारण सभाको सभापतित्व गरेका अध्यक्ष हेम स्वांरले सुरज आर्केड व्यापार सघं मातहतका व्यवसायीबाट उच्चस्तरीय विदेशी उपभोग्य सामान उपलब्ध गराउन सफल हुँदै आएको जानकारी गराएका छन् ।

यो सहित समान बिक्रीमा समेत पूर्ण मूल्यका भ्याट बिल जारी गरीएकाले व्यवसायीलाई धन्यवाद दिँदै राज्यको भ्याट असुलीमा व्यापार सघंको प्रत्यक्ष साझेदारी हुने बताइएको छ । कार्यक्रममा व्यापार सहजीकरण, लगानी मैत्री वातावरण, बैक ब्याज तथा भन्सार जाँच पास सहजीकरणका विषयमा विभिन्न वक्ताहरूले आफ्नो धारण राखेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *