हिमालयन बैंकको सुरक्षित मास्टर डेबिट कार्ड सेवा सुरु

news-details

हिमालयन बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक मास्टर कार्डको अत्याधुनिक र सुरक्षित ‘चिप र पिन’ प्रविधियुक्त डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाबीच यो सेवाको शुभारम्भ गरिएको हो । ग्राहकहरुले मास्टर कार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेन्टहरु (होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु) मा २० प्रतिशतसम्म छुट समेत पाउने बैंकले जानकारी गराएको छ ।

बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि सो कार्ड निशुल्क प्रदान गर्ने भएको छ । यस बाहेक मास्टर कार्डधारी ग्राहकहरुले उक्त कार्ड नेपाल भरिका कुनै पनि पस मेशिनमा प्रयोग गरी सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् ।

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र मास्टर कार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख श्री पोरुष सिंहले उक्त कार्डको सेवा शुभारम्भ भएको घोषण गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख राणाले मास्टर कार्डसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले कार्डद्वारा बैंकका ग्राहकले अझ बढी सेवा सुविधा सुरक्षित रुपमा पाउने विश्वास व्यक्त गरे । उनले उक्त कार्ड अत्याधुनिक चिप र पिनबाट सुसज्जित रहेको र नयाँ खाता खोल्दा ग्राहकहरुका लागि निशुल्क प्रदान गर्ने जानकारी गराए ।

ग्राहकहरुले उक्त कार्ड नेपाल तथा भारतका प्रायजसो एटीएम र पस मेशिनमा प्रयोग गर्न सक्नेछन् ।

उक्त अवसरमा मास्टर कार्डका तर्फबाट श्री पोरुष सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको बताए । उनले मास्टर कार्डले गरेको उक्त प्रगति पथमा हिमालयन बैंकसँग सहकार्य गर्न पाउदा गौरवान्भित भएको बताए । उनले डेबिट कार्ड डिजिटल युगको प्रणालीमा अभिन्न अंग रहेको विश्वास गरेका छन् ।

उनले ग्राहकहरुलाई डिजिटल भुक्तानीमा कार्डमा भएको सुविधा र सुरक्षाको प्रत्याभूतिले कार्ड प्रयोग गर्न प्रोत्साहन गर्ने पनि बताए । उनले नेपालमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न मास्टरकार्ड प्रतिवद्ध रहेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *