माछापुच्छ्रे बैंकले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

news-details

माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । बैंक अब आईएसओ ९००१ः २०१५ मान्यता प्राप्त बैंकिङ्ग संस्था बन्न सफल भएको छ ।

बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएसरयुकेद्वारा प्रदान गरिएको हो । आईएसओ ९००१ः २०१५ स्टान्डर्ड ग्राहक केन्द्रित कार्यशैली, उच्च तहको व्यस्थापनको प्रोत्साहन एवं प्रभावकारिता, प्रक्रियागत शैली र निरन्तर सुधार लगायत विविध गुणस्तरीय व्यवस्थापन सिद्धान्तहरुमा आधारित हुन्छ । आईएसओ ९००१ः २०१५ ले ग्राहकलाई निरन्तर गुणस्तरीय वस्तु तथा सेवाहरु प्रदान गराउनमा सहयोगी भुमिका निर्वाह गर्दछ ।

बैंकको ग्राहक केन्दि«त योजना, सेवातथा वस्तुहरुको गुणस्तर, प्रभावकारी व्यवस्थापन शैली, ग्राहक सन्तुष्टी तथा संस्थागत सुशासन जस्ता कार्यक्षेत्रको सफल अभ्यास र सबल प्रयासले गर्दा उक्तअन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो ।

बैंकका हाल देशभर ८८ वटा शाखा रहेका छन् । बैंकले २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा तथा १ सय ११ ओटा एटिएमबाट बै‌ंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *