नेपालमा एक सय माथिका भारतीय नोट नचल्ने

भारु दुई हजार र पाँच सयपछि दुई सयको नोट प्रतिवन्ध
news-details

सरकारले भारु २ सय दरका नोट पनि नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषद् बैठकले २ सय दरका भारु नोटलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यसअघि नेपालमा पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लागेको थियो । यो सँगै अब नेपालमा दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने भएका हुन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *