७ ओटा भन्सार कार्यालयमा प्रभु बैङ्कका काउन्टर

news-details

नेपाल सरकारले केही समयअघि स्तरोन्नति गरेको नेपाल भारत सीमामा रहेका ७ ओटा भन्सार कार्यालयमा प्रभु बैङ्कले काउन्टर खोली बैङ्किङ कारोबार सुरु गरेको छ । सो सम्बन्धी सम्झौंतामा मङ्गलबार एक कार्यक्रमकाबीच भन्सार विभागका महानिर्देशक तोयम राया र प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।

झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयमा अर्को हप्तादेखि बैङ्कले काउन्टर सञ्चालनमा ल्याई सेवा प्रारम्भ गर्नेछ ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सीमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतिसँगै त्यस क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व सङ्कलन बृद्धि हुने विश्वास लिइएको छ ।

बैङ्कको सेवा प्रारम्भ भएसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवम् आयात निर्यातकर्ताहरुले सरलरुपमा बैङ्किङ सेवा प्राप्त गर्नेछन् । साथै नेपाल सरकारको राजस्व सङ्कलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *