सिभिल बैंक आठौं बर्षमा प्रवेश, यसरी मनाउँदैछ बार्षिकोत्सब

news-details

सिभिल बैंक लिमिटेडले आठौं वार्षिकोत्सवको अवसरमा बृक्षारोपण तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

वार्षिकोत्सवको दिन विहान पशुपति क्षेत्रको चक्रपथसँगै जोडिएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व बैंकका अध्यक्ष इच्छाराज तामाङले गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि पशुपति क्षेत्र बिकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कोषका पदाधिकारीहरु, बैंकका कर्मचारी लगायत उक्त अवसरमा उपस्थित थिए ।

बैंकले उक्त अवसरमा ३०० वटा भन्दा बढी बोटविरुवाको बृक्षारोपण गरेको थियो । विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने सम्मको सम्पूर्ण जिम्मेवारी बैंकले लिएको प्रमुख कार्यकारी अधिकृत गुरुङले जानकारी दिए ।

बैंकले प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वार्षिकोत्सवको महिनामा देशका ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको छनौट गरी छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम पनि रहेको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *