दोश्रो राष्ट्रिय जुत्ता–चप्पल औधोगिक प्रर्दशनी भृकुटीमण्डपमा सुरु

उत्पादन मूल्यमै उपलब्ध भएपछि उपभोक्ताहरुको भीड
news-details

स्वदेशमै गुणस्तरीय जुत्ता–चप्पल उत्पादन गर्दै आएका छाला जुत्ता कारखानाहरुले राजधानीको भृकुटीमण्डपमा दोश्रो राष्ट्रिय जुत्ता–चप्पलको औधोगिक प्रर्दशनी सुरु गरेका छन् ।

प्रर्दशनीको उद्घाटन गर्दे पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले स्वदेशी जुत्ता–चप्पल आत्मनिर्भरतातर्फ उन्मुख हुदै गैरहेकोमा खुसी व्यक्त गर्दै स्वदेशी उत्पादनलाई सरकारले अझ सहयोग गर्दै जाने बताए । खनालले आफ्नै देशको उत्पादनलाई माया र प्रोत्साहन गरिदिन उपभोक्ताहरुलाई आग्रहसमेत गरेका थिए ।

नेपाल जुत्ताचप्पल उद्योग ब्यवसायी संघको आयोजनामा मंसिर ७ गतेबाट सुरु भएको मेला मंसिर २६ गतेसम्म चल्ने छ । मेलामा नेपालका चर्चित ब्रान्ड केटिएम शुज, भेनस शुज, फुटस्टेप सुज, हाइलाइफ चप्पल, शुष्ठु फुटवेयर, जाल्पा फुटवेयर, प्रसंसा शुज, प्राइड स्वदेशी जुत्ता, प्यारागन फुटवेयरका जुत्ता चप्पल उपलब्ध छन् ।

‘एउटै छाता मुनी विभिन्न ब्राण्डका पुरुष तथा महिलाका जुत्ताचप्पल सस्तोमा छानीछानी लगाउन पाइन्छ’ आयोजक तथा भेनस सुजका प्रवन्ध निर्देशक जिवन श्रेष्ठले भने । उनले मेलामा पार्टी सुज, क्याजुअल सुज, स्पोर्टस सुज, क्वाटर बुट, फुल बुट, अफिसर बुटलगायत महिलाहरुको विभिन्न मोडलका जुत्ताचप्पल उपलब्ध रहेको बताए ।

स्वदेशी ब्रान्डका १ हजारभन्दा बढी डिजाइनका जुत्ता–चप्पलहरु मेलामा उपलब्ध रहेको बताउदै आयोजक तथा केटीएम शुजका प्रवन्ध निर्देशक प्रमोद महत्तोले विभिन्न ब्राण्डका ३ सय भन्दा बढी डिजाइनका नयाँ जुत्ताचप्पल प्रर्दशनीस्थलमै लन्च गरिन लागेको पनि जानकारी दिए ।

सस्तो, आकर्षक र गुणस्तरीय जुत्ता चप्पल प्रर्दशनीमा उपलब्ध गराएको जानकारी दिदै महतोले मेलामा आउने उपभोक्ताहरुले फ्याक्ट्री मुल्यमै जुत्ताचप्पल पाउने बताए । ‘हामीले डिलर, सबडिलर तथा रिटेल बिक्रेताको कमीशनवापतको रकम पनि छुट दिएर उत्पादन मुल्यमै उपभोक्ताहरुलाई जुत्ता–चप्पल बिक्रिवितरण गरेका छौ’ महतोले भने ।

मेलामा सवै उमेर समुहका उपभोक्ताका लागि छानी छानी लैजान सक्ने गरी विभिन्न आकर्षक मोडल रहेको हुदा प्रर्दशनी सुरु भएसँगै उपभोक्ताहरुको ठुलो भीड लागेको आयोजकको दावी छ । मेला विहान ९ देखि साँझ ७ वजेसम्म सञ्चालन भइरहेको छ । त्यसैले नेपाली जुत्ता चप्पल प्रयोग गरौं, स्वदेशी उत्पादनमा गर्व गरौ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *