आइएमई इन्स्योरेन्स र इन्भेष्टमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

news-details

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले हस्ताक्षर गरे ।

सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६२ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण तथा आजीवन योजना लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *