विदेश जाँदा १५ सय डलर मात्र लैजान पाउने

news-details

अमेरिकी डलर महँगो बन्दै गएका बेला मुलुकमा यसको सञ्चिति घटेपछि सरकारले विदेश जाने नेपालीलाई नगदमा एक हजार पाँच सय अमेरिकी डलर मात्र दिने भएको छ।

चालु आर्थिक वर्षको तीन महिनामा मुलुकमा विदेशी मुद्राको सञ्चित घट्दै गएको र चालु खाता घाटा पनि अघिल्लो वर्षको तुलनामा बढेपछि सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकले डलर सटही सुविधामा व्यापक कटौती गरेको हो।

राष्ट्र बैंकले यसअघि कुनै पनि नेपालीलाई भारतबाहेक तेस्रो मुलुक जाँदा दुई हजार पाँच सय अमेरिकी डलर सटही सुविधा दिँदै आएको थियो। अब कुनै पनि व्यक्तिले नगदमा एक हजार पाँच सय अमेरिकी डलरभन्दा बढी सटही सुविधा पाउने छैनन्।

चालु आर्थिक वर्षको दुई महिनामा विदेश जाने नेपालीसँगै १९ अर्ब रुपैयाँबराबरको अमेरिकी डलर बाहिरिएपछि राष्ट्र बैंकले सटही सुविधा कटौती गरेको हो। राष्ट्र बैंकले नगद सुविधाबाहेक टिटी सुविधा पनि घटाएको छ। यसअघि ४० हजार अमेरिकी डलरको टिटी सुविधालाई अहिले घटाएर ३० हजारमा झारेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *