सिटी एक्सप्रेस साकोसको अध्यक्षमा गुरुङ, १८ प्रतिशत लाभांश पारित

news-details

सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा हेम बहादुर गुरुङ चयन भएका छन । नयाँबानेश्वरको इन्द्रेणी ब्याङ्केटमा सम्पन्न संस्थाको नवौ बार्षिक साधारणसभाले गुरुङको अध्यक्षतामा ९ जना नयाँ संचालक समिति र ३ जनाको लेखा समिति चयन गरेको हो ।

यस्तै संस्थाले सम्पूर्ण सदस्यहरुलाई १८ प्रतिशत लाभांश दिने निर्णय र संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यालय प्रयोजनको भवन निर्माण गर्न संचालक समितिले साधारणसभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारित गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *